महालक्ष्मी विकास बैंकका सिईओ लामिछानेले दिए राजीनामा

0
Shares

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछानेले राजीनामा दिएका छन् ।

लामिछानेले साउन १ गतेबाट लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिएको स्रोतले जानकारी दियो।

बैंक संचालक समिति र सिईओ लामिछानेबीच बैंकले प्रवाह गरेको कर्जाका बिषयमा खटपट परेपछि कार्यकाल पुरा नहुँदै राजीनामा दिएका हुन्।

यस सम्बन्धमा सम्पर्क गर्न खोज्दा लामिछानेसँग सम्पर्क हुन सकेको छैन ।

लामिछाने विं सं २०७४ कार्तिक २६ गते ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए। बैंकिङ क्षेत्रमा लामिछानेको तीन दशक लामो अनुभव छ।

नेपाल बैंकबाट अधिकृतस्तरबाट जागिर सुरु गरेका उनी महालक्ष्मी जानुअघि कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए।

उनी त्यहाँ दुई कार्यकाल ८ बर्षसम्म प्रमुख कार्यकारी अधिकृत भएका थिए।