कोरोना विरुद्धको लडाईँमा युनिलिभरको ३ करोड ७८ लाख बराबरको सहयोग

0
Shares

युनिलिभर नेपालले आफ्नो सामाजिक व्यवसायिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा मेडिकल पूर्वाधारहरुलाई सुदृढ बनाउनका सहकार्य गरिरहेको छ । सो क्रममा कम्पनीले हालसम्म ३ करोड ७८ लाख बराबरको राहत उपलब्ध गराएको जनाएको छ ।

कम्पनीले गंभीर प्रकृतिका विरामीहरुको उपचारमा प्रयोग गर्नका लागि युनिलिभरद्वारा ५ वटा भेन्टिलेटर उपकरणहरु स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालयलाई उपलब्ध गराइएको छ । साथै कम्पनीले मन्त्रालयलाई २८८० जनाको लागि कोभिड–१९ परीक्षण गर्न आवश्यक पर्ने स्वाब संकलन, नमूना भण्डारण र पिसिआर ट्युबहरुसहितको न्यूक्लेइक एसिड डायग्नोस्टिक पनि उपलब्ध गराएको जानकारी दिएको छ। 

युनिलिभर नेपालले १ करोड ५७ लाख रुपैयाँ बराबरको मेडिकल उपकरणहरु उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यी उपकरणहरु कम्पनीको कार्यक्षेत्रभित्र परेका हेटौडा अस्पताल, मकवानपुर, भरतपुर अस्पताल, चितवन, नारायणी अस्पताल, वीरगञ्ज र वीर अस्पताल काठमाडौं गरी ४ मुख्य अस्पतालहरु लाई दिइने छ ।

कम्पनीको कारखाना टिमको तर्फबाट पनि हेटौंडाका विभिन्न निकायहरुलाई ऐन ९५ मास्क, सर्जिकल मास्क, निर्मलीकरण गरिएको पञ्जा र चिकित्सा चश्माहरु लगायतका पिपिइ सेट हस्तान्तरण गरिसकेको विज्ञप्ति मार्फत जानकारी गराएको छ।

त्यस्तै, स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालय, उद्योग विभाग, नेपाल प्रहरी, नेपाली सेना, वडा कार्यालयहरु र अन्य कार्यालयहरुलाई १ लाख ५४ हजार भन्दा बढी थान, लक्स, डोभ, लाइफब्वाय साबुन र लाइफब्वाय ह्याण्डवासहरु वितरण गरिसकेको छ । ४ हजार २ सय परिवारहरुलाई रासनसहितको राहत प्याकेज प्रदान गरिसकेको छ ।

युनिलिभर नेपाल लिमिटेड (युएनएल) नेपालमा २७ वर्षको धरोहर भएको सबैभन्दा ठूलो तीव्र गतिमा अघि बढिरहेको उपभोक्ताहरुको कम्पनी हो । यो कम्पनी हिन्दुस्तान युनिलिभर लिमिटेड (भारतको सबैभन्दा ठूलो फास्ट मुभिङ्ग कन्जुमर गुड्स कम्पनी) को सहायक कम्पनी हो ।