ज्योति विकास बैंकको सीईओमा भट्ट

0
Shares

ज्योति विकास बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले भट्टलाई सीईओ नियुक्त गरेको हो।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत भट्टसँग २५ वर्षे लामो बैंकिङ अनुभव छ ।

चार वर्षका लागि इन्स्योरेन्समा नियुक्त भएका भट्टलाई बैंकले सीईओ बनाउने भएपछि उनी इन्स्योरेन्सबाट बैंकमा आउन लागेका हुन्।

भट्टले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट सन १९९८ मा करियर सुरु गरेका थिए। २०११ सम्म सोअी बैंकमा सहायक महाप्रबन्धक पदसम्म काम गरेका उनीसँग मेगा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए ।

तत्कालीन सीइओ मनोजकुमार ज्ञवालीले राजीनामा दिएपछि ज्योति विकास बैंकमा सीइओ पद रिक्त थियो ।