“१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” नेप्सेमा सूचीकृत

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र “१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

असार २५ गते आयोजित एक विशेष समारोहका बीच उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन्। 

उक्त “१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” सूचीकरण भएको छ। अब उपरान्त उक्त ऋणपत्र नेप्से मार्फत कारोबार गर्न सकिनेछ। उक्त ऋणपत्र फागुन २० गतेदेखि चैत ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको थियो। 

यसै बीच नेपाल राष्ट्र बैंकको नीतिलाई शिरोधार्य गर्दै सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई प्राप्ति गरी मिति २०७७ साल असार २० गते बाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ। प्राप्ति पश्चात बैंकको कूल शाखा १०९ पुगेको छ। प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।