बाराका सहायक वन अधिकृतद्धारा ३ लाख अनियमितता

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय बाराका तत्कालीन

सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेल विरुद्ध तीन लाख रुपैयाँ अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको छ।

पटेलले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम वंगरी नदी प्रणालीतर्फ दुई हजारवटा दुईबर्षे बाँसको कलमी राइजोम उत्पादन वा खरिद तथा रोपण गरी नर्सरी व्याड निर्माणको लागि छुट्याएको तीन लाख रुपैयाँ कुनै पनि काम नगरी दुरुपयोग गरेको अख्तियारको भनाई छ ।

पटेललाई बिगो ३ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी ऐ. दफा ८ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी पाउनसमेत मागदाबी लिई आरोपपत्र दायर गरेको हो।

प्रकाशित मिति: २८ असार २०७७, आइतबार  १२ : ५४ बजे