नेपालकै पहिलो गुगल सटिफाईड एन्ड्रोईड टि.भी. अब सि.जी. ब्राण्डमा

0
Shares

इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै नेपाली बजारमा एन्ड्रोईड टि.भी. भित्राएको छ । नेपालकै पहिलो पटक गुगल बाट मान्यता प्राप्त गर्न सफल एन्ड्रोईड टि.भी. सि.जी.ले आफ्नो नेपाली ब्राण्डमा ल्याएकोे छ ।

गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाईएको एक विशेष संस्करणको एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो । गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरु अपडेट गर्ने देखी सम्पूर्ण सफ्टवेयरको समस्याहरुको समाधान गुगलले नै गर्ने गर्दछ । यस गुगल एन्ड्रोइड टिभीमा एन्ड्रोइडको नयाँ संस्करण एन्ड्रोइड पाई ९ प्रयोग भएको कम्पनीले जानकारी दिएको छ।

बेजल लेस युक्त यो टि.भी. धेरै भन्दा धेरै विशेषताहरुले भरिपूर्ण छ । गुगलबाट मान्यता प्राप्त भएको कारण यो टि.भी.को माध्यमबाट हरेक काम सजिलैसंग गर्न सकिनेछ । यो टि.भी. सि.जी.ले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर बनाएको बताएको छ। यो टि.भी. आफ्नो बजेट अनुरुप विभिन्न साईजहरुमा किन्न सकने छ । यो टि.भी. ३२ इन्च देखि ७५ इन्च सम्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

साथै यो टि.भी. सँगै एउटा भ्वाइस कन्ट्रोल रिमोट पनि उपलब्ध गराएको छ । यो रिमोटको सहायताले बोलेरै लेख्न, अवाज कम वा बढी गर्न, टि.भी. बन्द गर्न आदि जस्ता थुप्रै काम गर्न सकिनेछ । यसको प्रमुख विशेषताहरुमा गुगल असिस्टेन्ट रहेको छ । जसको मद्दतले बोलेर टिभीलाई नियन्त्रण गर्ने, इन्टरनेटमा जानकारी खोजी गर्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेशन, बाइक मर्मत केन्द्र पत्ता लगाउने, नयाँ ठाउँ को बाटो पत्ता लगाउने आदि इत्यादी गर्न सकिन्छ ।

त्यस्तै अर्को प्रमुख विशेषतामा क्रोमकास्ट रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा रहेको क्रोम कास्टको प्रयोगले तपाईंले आफ्नो मोबाइलबाट मनपर्ने भिडियोहरू, गेमहरू टिभी स्क्रिनमा हाई क्वालिटीमा हेर्न सकिनेछ । कास्ट बटनको केवल एक प्रयोगले युट्यूब, फेसबुकको भिडियो टिभी स्क्रिनमा हेरी मजा लिन सकिन्छ। त्यसैगरि गुगल प्लेस्टोरको माध्यबाट तपाईले नयाँ नयाँ एप र गेम रोजी रोजी डाउनलोड गरि प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ।

गुगल प्ले मुभिज र टि.भी., गुगल प्ले गेमस् जस्ता थुप्रै विशेषताहरु यस टि.भी.मा रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा २ जीबी र्याम र १६ जीबी रोमको प्रयोग गरिएको छ । त्यसैगरि अर्को डल्बी डिजिटल साउण्डको प्रयोग गरिएको छ। जुन डल्बी ल्याब्सद्वारा बनाइएको मल्टी च्यानल अडियो कोडेक हो जसले सिनेम्याटिक सराउण्ड साउण्डको अनुभव प्रदान गर्दछ ।

कम्पनीले यो टि.भी.मा ३ वर्षको वारेण्टी प्रदान गरेको छ ।