आइतबार ८२ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार ८२ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार थप ८२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोारोनाबाट संक्रमित हुनेको कूल संख्या १६ हजार ८०१ पुगेको छ।

यस्तै हालसम्म २ लाख ८३ हजार ५१५ वटा पीसीआर परिक्षण सम्पन्न भएका छन्। पछिल्लो २४ घण्टामा ३ हजार ९१६ वटा परिक्षण सम्पन्न भएको छ।

यसैगरि हालसम्म ८ हजार ५८९ जना कोभिड संक्रमणबाट मुक्त भई डिम्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै १४७ जना डिस्चार्ज भएका हुन्।

आइतबार कोरोना संक्रमणको पुष्टिभएकामध्ये काठमाडौंका ५ जना र ललितपुरका १ जना गरि उपत्यकामा ६ जना रहेका छन्।

विभिन्न अस्पतालको आइसोलेसनमा ८ हजार १८९ जना उपचाररत छन् भने २३ हजार ७८४ जना क्वारेन्टिनमा छन् ।

कोरोना संक्रमण पुष्टि भएकामध्ये ८० प्रतिशत पुरूष र २० प्रतिशत महिला छन्। संक्रमितमध्ये ०.३ प्रतिशतमा मात्रै कोरोना लक्षण भेटिएको छ ।

प्रकाशित मिति: २८ असार २०७७, आइतबार १६ : २२ बजे