कुमारी बैंक (KBL) ले देवः विकास बैंकलाई प्राप्ति गरी आजदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ ।
कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङले संयुक्त रुपमा उद्घाटन गर्दै एकीकृत कारोबारको शुभारम्भ गरे ।
कुमारी बैंकको कुल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २१६, एटीएम संख्या १३८ लगायत कुल निक्षेप १२४ अर्ब रुपैयाँ, कुल कर्जा प्रवाह ११२ अर्ब रुपैयाँ तथा सेयर पुँजी १२।५२ अर्ब रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया