डिसहोमले १०० रुपैयाँमा नै आइपीओ जारी गर्ने, बोर्डमा आवेदन

0
Shares

टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले पौने २४ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २३ लाख ८५ हजार ९२९ कित्ता अर्थात २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको शेयर निष्कासनका लागि आवेदन दिएको हो।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सोमबार आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको नोटबजारलाई जानकारी दिए। डिसहोमको २०७५ साल पुस २७ गते सम्पन्न भएको साधारण सभाले सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको जारी पूँजी २ अर्ब २५ करोड रुपैयाँ छ । जसको १०.६०४ प्रतिशतका दरले आइपीओ जारी गर्न लागेको हो। आईपिओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड पुग्नेछ ।

गत आर्थिक वर्षमा २९ करोड २७ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाभित्रै २८ करोड ३३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाईसकेको छ।

 

कम्पनीमा हाल ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको छ । टेलिभिजन सेवा प्रदायकको बजारमा डिसहोमको बजार हिस्सा करिब ३५ प्रतिशत छ ।

कम्पनीले ग्लोबल आर्ईएमई क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ।

प्रकाशित मिति: २९ असार २०७७, सोमबार  १८ : १७ बजे