बैंक कर्जाको ब्याज तथा किस्ता तिर्न सक्नेलाई तिरिदिन महासंघको आग्रह

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले बैंकको कर्जाको ब्याज तथा किस्ता तिर्न सक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई ब्याज तथा किस्ता भुक्तानी गर्न अनुरोध गरेको छ । 

महासंघले एक सूचना जारी गदै सो आग्रह गरेको हो । साथै बैंकको कर्जाको ब्याज तथा किस्ता तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनरसंरचना र पुनरतालिकिरण तथा ब्याजको पूँजीकरण गरी कर्जा तिर्ने समय थप गर्न आगामी मौद्रिक नीतिमा व्यवस्था हुन लागेको समेत जानकारी गराएको छ।

त्यस्तै महासंघले नेपाल बैंकर्स संघका प्रतिनिधिसँग प्रत्येक महिना बैठक बसी गुनासा उपर छलफल गरी समस्या समाधान निकाल्न कोशिश गर्ने तय भएकाले कर्जाको सम्बन्धमा कुनै गुनासो भए लेखेर पठाउन समेत आफ्ना सदस्यहरुलाई आग्रह गरेको हो।

तर, महासंघले करिब तीन महिना अति आवश्यक बाहेक सम्पूर्ण उद्योग, व्यापार तथा व्यवसाय पूर्ण रुपमा ठप्प रहेकाले पछिल्लो एक महिना लकडाउन खुकुलो भएपनि व्ययापार व्यवसाय विस्तार हुन नसकेकाले धेरै उद्योगी, व्यापारी तथा व्यवसायी ब्याज तथा किस्ता तिर्न नसक्ने अवस्थामा रहेको जनाएको छ ।

महासंघले चालु आर्थिक वर्षको अन्तिम समय भैसक्दा पनि बैंकको किस्ता तथा ब्याज तिर्न चाहेर पनि धेरैको तिर्न नसक्ने अवस्था रहेको बताएको छ।