मंगलबार ११६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म कोरोनाबाट संक्रमण पुष्टि हुनेहरुको संख्या १७ हजार ६१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कोरोना पुष्टि भएका मध्ये २ जना काठमाडौंका छन् । हालसम्म सक्रिय संक्रमितहरु ६ हजार ६९५ जना रहेका छन् ।
हालसम्म १० हजार ३२८ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्। यो संख्या नेपालमा कोरोना संक्रमित कूल संख्याको ६०.५३ प्रतिशत हो। पछिल्लो २४ घण्टामा ३४ जना डिस्चार्ज भएका हुन्। कोरोना संक्रमणबाट ३८ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म २ लाख ९३ हजार ७३९ वटा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा मात्रै थप ४ हजार ३६८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रतिक्रिया