चार अर्ब राजश्व छली गर्ने दुई कम्पनी विरुद्ध मुद्दा दर्ता

0
Shares

राजस्व अनुसन्धान विभागले राजश्व छलिको आरोपमा २ कम्पनी विरुद्ध ३ अर्ब ८२ करोड रुपैयाँको माग दाबीसहित मुद्दा दर्ता गरेको छ।

विभागले भन्सार, भ्याट र आयकर छली गरी राजस्व चुहावट गर्ने काठमाडौंको हाईटेक ईन्टरनेशनल प्रालि र ललितपुरको जेएसएस मोबाईल एण्ड सर्भिसेजका सञ्चालकविरुद्ध ३ अर्ब ८२ करोड रुपैयाँको माग दाबीसहित मुद्दा दर्ता गरेको हो । 

विभागले हाईटेक ईन्टरनेशनल प्रालि विरुद्ध २ अर्व ४२ करोड ९८ हजार ७६ हजार १४० रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दर्ता गरेको हो ।

त्यसैगरी जेएसएस मोबाइल एण्ड सर्भिसेज प्रालिका सञ्चालक र प्रोप्राइटर तथा मुख्य कारोबारी समेत ४ जनालाई राजस्व चुहावट गरेको अभियोगमा १ अर्ब ३९ करोड ७ लाख विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

उनीहरु विरुद्ध विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

हाईटेक ईन्टरनेशनलले भन्सार विन्दुबाट मालबस्तु पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी लुकाई छिपाई चोरी पैठारी गरी नेपाल ल्याई आफ्नो कारोबार स्थलमा राखेको, कारोबार स्थलबाट केही मालवस्तुको मात्र आधिकारिक विल वीजक जारी गरी धेरै जस्तो मालवस्तुको लुज विल जारी गरी वा न्यून विजकीकरण गरी यथार्थ कारोबारको छुट्टै लेजर खडा गरी अभिलेख राखी कारोबार लुकाई छिपाई यथार्थ कारोवार नदेखाई राजशव छलि गरेको विभागष्ले जनाएको छ ।

जेएसएस मोबाईल एण्ड सर्भिसेजले पटक पटक भन्सार नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याई बिल बीजक जारी नगरी बिक्री गर्ने गरेको विभागले जनाएको छ ।