नयाँ आर्थिक वर्षको पहिलो दिनमा शेयर बजारमा हरियाली, कारोबारमा उत्साह

0
Shares

नयाँ आर्थिक वर्षको पहिलो दिनको शेयर कारोबारमा उत्साह देखिएको छ भने नेप्से सूचक समेत ३२ अंक बढीले उकालो लागेको छ ।

साउन १ गते विहीबार नेप्से सूचक ३२.४२ अंक अर्थात २.३८ प्रतिशतले बढेर १३९.७७ अंकमा पुगेको छ । सुधारउन्मुख बजारमा एक अर्ब ४ करोड १७ लाख ७० हजार ८६७ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यसदिन १८० कम्पनीका २९ लाख १४ हनार ५ सय १८ कित्ता शेयर किनबेच भयो।

बजारमा कारोबारमा आएका सबै समूह हरियालस् छाएको छ। सबैभन्दा बढी जीवन बीमा समूह १३१ अंकले उकालो लागेको छ । बिहीबार पनि सबैभन्दा धेरै एनआइसी एसिया लघुवित्तसँगै शेयर मूल्य बढेको झण्डै दश प्रतिशतले बढेको छ।

मितेरी डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स, गुराँस लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंक लगायतको शेयरमूल्य उच्चदरले बढेको छ।

यस दिन ओरियण्टल होटलको शेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतभन्दा बढी अंकले घटेको छ।