नेपाल बंगलादेश बैंकले घटायो ब्याजदर, बचतमा अधिकतम ५ प्रतिशत

0
Shares

नेपाल बंगलादेश बैंक (NBB) ले बचततर्फको ब्याजदर ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म घटाएको छ। साउन २ गते शुक्रबारदेखि लागू हुने गरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकको नयाँ ब्याजदर अनुसार अब निक्षेपकर्ताले साधारण बचततर्फ न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याज पाउने छन्।

त्यसैगरि बैंकले मुद्दती निक्षेको व्याज पनि १ प्रतिशतले घटाएको छ । अब बंगलादेश बैंकका मुद्दती निक्षेपकर्ताले ७.२५ प्रतिशत मात्र व्याज पाउनेछन्।

आधा प्रतिशतले घटेको एनबि विशेष मुद्दतीको ब्याजदर ७.७५ प्रतिशत कायम भएको छ। संस्थागत मुद्दतीको ब्याजदर पनि साढे ६ प्रतिशत कायम भएको छ। संस्थागत मुद्धती निक्षेप नवीकरण गर्दा भने ६.६ प्रतिशत व्याज दिने बैंकले जनाएको छ।

बैंकको आधार ब्याजदर ९.८९ प्रतिशत छ। यसअनुसार बैंकले आधार ब्याजदरमा कर्जाको प्रकार हेरि न्यूनतम १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने भएको छ।

बैंकले एक्सपोर्ट फाइनान्समा आधार ब्याजदरमा १.५ देखि ४ प्रतिशत, हायर पर्चेजमा ३ देखि पाँच प्रतिशत, होम लोनमा २ देखि ५ प्रतिशत, सुन कर्जामा ३ देखि ५ प्रतिशत प्रिमियम थप गरि ऋण प्रवाह गर्ने जनाएको छ।

बैंकले घटाएको ब्याजदर शुक्रबारबाटै लागू हुनेछ। मद्दती निक्षेपको ब्याजदरमा भने नयाँ बचत खातामा तत्कालै लागू हुनेछ भने यसअघि नै मद्दती निक्षेपमा रहेकाको भने नवीकरण गर्ने बेलामा मात्रै नयाँ ब्याजदर लागू हुनेछ।