सूर्य नेपालद्वारा कोभिड बिरुद्ध लड्न ७ करोड सहयोग

0
Shares

नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रालिले कोरोना विरुद्ध लडाईमा सहयोग पु¥याउन नेपालका सातवटै प्रदेशलाई १ करोडको दरले कूल ७ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले जनाएअनुसार, सूर्य नेपाल प्रा.लि. का भाइस प्रेसिडेण्ट– कर्पोरेट, रवि केसीले १ करोडका दरले प्रदेश ५ का सम्माननीय मुख्यमन्त्री शंकर पोखरेल तथा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई एक समारोह बिच चेक हस्तान्तरण गरे ।

यसै गरी सूर्य नेपालका तनहुँ कारखाना प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई १ करोडको चेक हस्तान्तरण गरे । साथै बाँकी प्रदेशहरुः प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका सम्माननीय मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ।

कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको सर्वविदितै रहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोनाभाइरस विरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको रहेको छ ।