फर्स्ट माइक्रोफाइनान्सनको कामु कार्यकारीमा दानराज पन्त नियुक्त

0
Shares

फर्स्ट माइक्रोफाइनान्सनको कामु कार्यकारीमा पन्त

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि गत असार ३१ मा सकिएपछि पन्त कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।

कम्पनीले पाँच अर्ब २३ करोड ऋण सापटी लिएर पाँच अर्व ६० करोड थोक कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पूँजी ८० करोड छ । पन्त अर्थशास्त्रमा स्नातकोत्तर हुन् ।

फर्स्टमाइक्रोफाइनान्स ‘घ’ वर्गको राष्ट्रिय स्तरकोे थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाका रुपमा सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले २०६६ साल पुस २४ गतेदेखि कारोवार थालेको हो । संस्थाले बचत तथा ऋण, बहुउद्देश्यीय र साना किसान सहकारी संस्थालाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गरिरहेको छ ।

यसबाट थोक कर्जा लिई रहेका साझेदारी ऋणी संस्था १३२ हाराहारी छन् । पन्तले आफ्नो जिम्मेवारीसँगै संस्थालाई लघुवित्त क्षेत्रमा अझै प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: ३ साउन २०७७, शनिबार  १५ : ४५ बजे