बजेटले हतोत्साही भएको बेलामा मौद्रिक नीति सकारात्मक – किशोर प्रधान

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बजेटले हतोत्साही भएको बेलामा मौद्रिक नीतिले राम्रो फिल गराएको बताएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका सन्दर्भमा शनिबार राजधानीमा आयोजीत एक विशेष साक्षात्कारमा उनले भने,‘मौद्रिक नीतिले राम्रो प्रभाव दिने हामीले फिल गरेका छौं ।’

उनले मौद्रिक नीतिमार्फत बैकिंङ सेवा शुल्क घटाईएको विषयलाई आफूहरुले सकारात्मक रुपमा लिएको स्पष्ट पारे । उनले भने,‘यो धेरै राम्रो विषय हो ।’

उनले मौद्रिक नीति समयसापेक्ष ल्याएकोमा गभर्नर अधिकारीलाई धन्यवाद दिनैपर्ने पनि बताए । यद्धपी उनले मौद्रिक नीति असारमै ल्याएको भए अझै धेरै राम्रो हुनेथियो भन्ने धारणा राखे ।

उनले मौद्रिक नीतिमा उद्योग वाणिज्य महासंघले अघि सारेका सुझावहरुसमेत परेको प्रतिक्रिया दिए । उनले नीति राम्रो आएकोले यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: ३ साउन २०७७, शनिबार  १६ : ३१ बजे