गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री बन्द हुने

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद शेयरमा आवेदन गर्ने दिन पनि आज अन्तिम रहेको छ।

कम्पनीले गत असार १४ गतेदेखि एक बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरका ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। 

इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि फागुन २२ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन २१ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन्।

हकप्रदमा धितोपत्र बोर्डबाट सिआश्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तिय संस्था र तिनका शाखा कार्यालय तथा मेरोशेयर मार्फत आवेदन गर्न सकिनेछ। यसका साथै एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरुबाट पनि भर्न सकिन्छ।

इन्स्योरेन्सको हकप्रदलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपिओ ग्रेड ४ प्लस रेटिङ्ग’ प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा तल रहेको जनाउँछ।

इन्स्योरेन्सले गत चैत २० गतेदेखि एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा हकप्रद निष्काशन गर्ने तयारी गरेपनि सरकारले चैत ११ गतेदेखि नै लकडाउन गरेपछि निष्काशन स्थगित गरेको थियो। असार १ गतेदेखि लकडाउन खुकुलो भई बैंक तथा वित्तीय संस्था खुल्न थालेपछि पुन बिक्री खुला गरिएको हो।

हकप्रद निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।