फर्स्ट माइक्रोले गर्यो आशा लाग्दो ‘ओपनिङ’, लकडाउनको असर न्यून

0
Shares

गत आर्थिक वर्ष ०७६/०७७ को वित्तीय विवरण प्रकाशित गर्नेमा सबैभन्दा पहिलो बनेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आशा जगाउने वित्तीय विवरण प्रकाशित गरेको छ ।

कोरोना महामहारीको कारण गत आर्थिक वर्षको पछिल्लो चार महिनामा कारोबार प्रभावित भएपनि समग्रमा अघिल्लो आर्थिक वर्षको भन्दा नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षमा १३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाउन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४७ प्रतिशत बढी हो। चुक्ता पूँजी यथावत रहेको लघुवित्तको प्रतिशेयर आम्दानी पनि ५.४७ प्रतिशतले बढेर १७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

कोषको लागत घटाएको लघुवित्तको ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेपछि नाफा बढेको हो । लघुवित्तको लागत २.१४ प्रतिशतले घटेको छ भने खुद ब्याज आम्दानी ५.५२ प्रतिशत तथा संचालन नाफा करिब ४ प्रतिशतले बढेको छ।

साथै संस्थाले खराब कर्जा शुन्यमा झारेका कारण खुद नाफा बढेको छ । तर यसबीचमा कम्पनीको अन्य खर्च भने बढेको छ।

लघुवित्तले ५ अर्ब २३ करोड ५० लाख रुपैयाँ सापटीबाट ५ अर्ब ५४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको यस अवधिमा सापटी रकम भने केहि घटेको छ ।

लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख रुपैयाँ नै छ । जसको जगेडाकोषमा १२९ प्रतिशत रकम थपिएर २४ करोड ७९ लाख रुपैयाँ सञ्चित पुगेको छ।

प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४५ पैसा रहेको लघुवित्तकोे प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९६ पैसा छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.८१ गुणा कायम भएको छ।