प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताको लगातार दुई वर्ष हातखाली

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरमा लगानी गरेका लगानीकर्ताको लगातार दुई वर्ष हातखाली हुने भएको छ।

कम्पनीको साउन २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७४/७५ को कमाईबाट पनि कम्पनीले लाभांश वितरण गरेको थिएन् ।

बीमा समितिको वित्तीय सम्बन्धी निर्देशन अनुसार एनएफआरएस प्रणाली बमोजिम जगेडा तथा व्यवस्थामा खर्च गनुपर्ने भएकाले आर्थिक वर्ष २०७५/७६ को लागि बोनस शेयर तथा लाभांश प्रस्ताव गर्ने अवस्था नरहेको कम्पनीले जनाएको छ ।

कम्पनी बोर्ड बैठकले आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान तथा आय विवरण र सोही अवधिको नगद प्रवहा विवरण सञ्चालक समितिबाट स्वीकृत गरि बीमा समितिमा वार्षिक साधारण सभा गर्न स्वीकृतिको लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३र०७४ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश वितरणका गरेको थियो । त्यो भन्दा अघिल्लो आव मा पनि कम्पनीले सोही अनुपातमा लाभांश दिएको थियो। आर्थिक वर्ष २०७०/०७१ को कमाईबाट पनि लाभांश बाँडेको थिएन् ।