एनआईबीएल एस क्यापिटलले सुरु गर्यो ‘प्रोफेसनल पोर्टफोलियो’ सेवा

0
Shares

नेपालको अग्रणी मर्चेन्ट बैंकिङ एनआईबीएल एस क्यापिटलले प्रोफेसनल पोर्टफोलियो सेवा सुरु गरेको छ ।

कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट सेवाअन्तर्गत नयाँ उत्पादन ‘एनआईबीएल प्रोफेसनल पोर्टफोलियो सेवा’ सुरु गरेको जनाएको छ। एनआईबीएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी हो।

‘व्यस्त प्रोफेसनलहरुका लागि लगानीको अवसर सिर्जना गर्नको लागि यस्तो सेवा सुरु गर्न लागेको कम्पनीको भनाई छ । यो सेवाअन्तर्गत लगानी गर्न सीमित समय, विशेषज्ञता र कोषको साथ व्यस्त पेशेवरहरूको लागि लगानीको अवसर सिर्जना गर्नु हो।’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

‘अब लगानी गर्नुहोस, पछि भुक्तानी गर्नुहोस्’  भन्ने नाराका साथ क्यापिटलले ल्याएको योजनाले समस्याग्रस्त मुक्त वातावरणमा शेयर बजारको अवसरको फाइदा लिन सहयोगी हुनेछ ।

कोभिड १९ को प्रभावको जवाफमा एनआईबीएल एस क्यापिटलले व्यवसाय र उद्यमीका लागि कर्पोरेट सल्लाहकार सेवाअन्तर्गत भर्खर दुई नयाँ उत्पादनहरू पनि सुरु गरेको छ।

प्रकाशित मिति: ४ साउन २०७७, आइतबार  १५ : ०२ बजे