मञ्जुश्री फाइनान्सको मुनाफामा यसकारण देखियो छलाङ्ग, लाभांश वितरण क्षमता १४.६० %

0
Shares

मञ्जुश्री फाइनान्सले आफ्नो गत आर्थिक वर्षको चौथो त्रैमासमा अधिकांश वित्तीय सूचकहरुमा बढोत्तरी गरेको विवरण सार्वजनिक गरेको छ।

फाइनान्सले असार मसान्तसम्ममा २८ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा ७ करोड ३१ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले दोस्रो त्रैमासमा १० करोड बढीको सम्पत्ति बिक्री गरेपछि नाफा २८४ प्रतिशतले बढेको हो।

कम्पनीको सञ्चालन आम्दानीसँगै गैर सञ्चालन आम्दानी समेत बढेपछि नाफामा उच्च बढोत्तरी आएको हो। कम्पनीले २० करोड ४२ रुपैयाँ नै गैरसञ्चालन आम्दानी गरेको छ ।

फाइनान्सको वितरणयोग्य नाफा ११ करोड ९४ लाख ७५ हजार रुपैयाँ छ। जसबाट कम्पनीले १४.६० प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्छ ।

मञ्जुश्री फाइनान्सले बचत संकलन २२ प्रतिशत तथा कर्जा लगानी ३ प्रतिशले बढेको छ । ५ अर्ब ८४ करोड ८३ लाख निक्षेप संकलन गरि ५ अर्ब ८१ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

 

 

 

 

फाइनान्सले खुद ब्याज आम्दानीमा पनि ६ प्रतिशतले बढेको छ। असार मसान्तसम्ममा कम्पनीले ३८ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

गत आवको यसै अवधिमा यस्तो आम्दानी ३५ करोड ८७ लाख रुपैयाँ रहेको थियो। कम्पनीको सञ्चालन नाफा करिब ९० प्रतिशतले बढेको छ ।

८१ करोड ८१ लाख ३१ हजार चुक्ता पूँजी रहेको यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३४ पैसा पुगेको छ। जगेडा कोषमा २७ करोड ६० लाख रुपैयाँ र शेयरधनी कोषमा ११ करोड ९८ लाख रुपैयाँ छ। त्यसैगरी प्रतिशेयर नेटवर्थ १४८.३९ रुपैयाँ छ।

फाइनान्सको निष्क्रिय कर्जा अनुपात ३.३६ प्रतिशत छ । नाफा बढेर इपिएसमा वृद्धि भएसँगै फाइनान्सको मूल्य आम्दानी अनुपात ८.९७ गुणामा झरेको छ।