सरकारको २ खर्ब १६ अर्ब शेयर लगानी रहेका १०३ संस्थाको प्रतिफल सून्य

0
Shares

नेपाल सरकारले शेयर लगानी गरेकामध्ये १०३ संस्थाबाट कुनै प्रतिफल पाउन सकेको छैन् ।

महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार सरकारले कुल ११३ संस्थामा शेयर लगानी गरेकोमा १०३ संस्थाबाट कुनै पनि प्रतिफल लिन सकेको छैन् भने १० संस्थाबाट मात्र प्रतिफल प्राप्त गरेको छ ।

महालेखाको प्रतिवेदन अनुसार नेपाल सरकारको ११३ संस्थामा २ खर्ब २६ अर्ब ८० करोड शेयर लगानी गरेकोमा आव ०७५/०७६ मा बोनस शेयर प्राप्त र समायोजनबाट समेत कुल लगानी २ खर्ब ९६ अर्ब ९२ करोड पुगेको छ

तर, १०३ संस्थामा गरिएको २ खर्ब १६ अर्ब ८२ करोडबाट आर्थिक वर्ष ०७५/०७६ मा कुनै प्रतिफल प्राप्त नगरेको महालेखाले जनाएको छ। यस्ता संस्थाहरुको सञ्चालन व्यवस्थापनमा दक्षता ल्याउन पनि महालेखाले निदेर्शन दिएको छ ।

सरकारले सो वर्ष नेपाल आयल निगमबाट १० अर्ब ६४ करोड ९९ लाख र नागरिक लगानी कोषबाट ४ करोड ९४ लाखको बोनस शेयर र नेपाल राष्ट्र बैङ्क, नेपाल टेलिकम, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत १० संस्थाबाट २० अर्ब ४२ करोड ९० लाख नगद प्रतिफल प्राप्त भएको महालेखाको प्रतिवेदनमा छ ।

 

 

प्रकाशित मिति: ५ साउन २०७७, सोमबार  १० : १३ बजे