हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग प्रदान

0
Shares

हिमालयन बैंकले बैंकको महाराजगंज शाखामार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माहाराजगंज, काठमाण्डौस्थित “कान्ति बाल अस्पताल” लाई सहयोग प्रदान गरेको छ ।

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।

उक्त मेसिन मर्मत संभार गर्न बैंकले एक लाख ४२ हजार ९४५ रुपैयाँ समेत प्रदान गरेको छ ।

बैंकका तर्फबाट बैंकका महाराजगंज शाखा प्रबन्धक अभयबहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरे ।