सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा पराजुली

0
Shares

सानिमा बैंक (SANIMA) को स्वतन्त्र सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको साउन ६ गते सम्पन्न बैठकले पराजुलीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

झापा जिल्ला हल्दिवारी ४ स्थायी ठेगाना भई हाल बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कपन बस्दै आएका पराजुलीलाई आगामी चार वर्षका लागि सानिमा बैंकको स्वतन्त्र सञ्चालक चयन गरेको बैंकका सचिव रुद्रप्रसाद बन्जाराले जानकारी दिए।