उद्योग वाणिज्य महासंघले भन्यो, ‘तोकिएको समयमै निर्वाचन गर्छौं, भ्रामक प्रचारको पछि नलागौं

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले महासंघको वार्षिक साधारण सभासम्बन्धी अनधिकृत एवं कपोकल्पित र भ्रामक समाचारका पछि नपर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

महासंघले २०७७ असार ६ गते बेलुका ९ः४३ मा महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको तयारीको विषयमा मोनीका अधिकारीद्वारा प्रेषित प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महासंघका वरिष्ठ उपाध्यक्षले गरेको ट्वीटको हवाला दिनुका साथै अन्य २ जना उपाध्यक्षले क्रमशः किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकालका उम्मेद्वारीका वारेमा प्रकाशित विषयवस्तु भ्रामक भएको महासंघको भनाई छ।

‘उक्त विज्ञप्ति महासंघबाट जारी भएको नभई महासंघसंग सम्बन्धित नभएका असम्बन्धित व्यक्तिबाट अनधिकृत रूपमा जारी गरिएको पाइएको र यो पत्रकारिताको सामान्य सिद्धान्तको विपरीत मात्र नभई सर्वस्विकृत आचार संहिताको गम्भीर उल्लंघन समेत हो । महासंघ यस्ता सबै प्रकारका आधारहीन प्रेस विज्ञप्ति प्रकाशित गर्ने व्यक्तिको कार्य तथा प्रवृत्ति दुवैको निन्दा एवं भत्सर्ना गर्दछ।’ महासंघले भनेको छ ।

महासंघले सम्पन्न गर्ने ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको वारेमा दिइने सूचना तथा जानकारीका आधिकारिक स्रोत महासंघको सचिवालय हो भन्ने कुरालाई पूर्ण रूपमा वेवास्ता गरी यस प्रकारका प्रेस विज्ञप्ति प्रकाशित गर्ने/गराउने कार्यले गलत सूचना प्रवाह गर्ने मात्र नभई नेपाल उद्योग वाणिज्य महासंघ जस्तो निजी क्षेत्रको प्रतिष्ठित संस्थाको संस्थागत मर्यादामा समेत चोट पु¥याउनुका साथै सम्बन्धित सबै सदस्यहरू बीच भ्रम पैदा गर्ने बताएको छ।

महासंघले वार्षिक साधारणसभा आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रक्रिया अघि बढाएको र सरकारबाट तदनुरुपको निर्देशन प्राप्त हुनासाथ वार्षिक साधारणसभा सम्पन्न गर्ने तयारीमा रहेको व्यहोरा स्पष्ट पारेको छ ।

‘यस्ता अनधिकृत एवं भ्रमपूर्ण कपोकल्पित विज्ञप्तिको उल्लेखित बिषयमा कुनै सत्यता नरहेको सो भ्रामक समाचारका पछि नपर्न सम्बन्धित सबैमा महासंघ हार्दिक अपिल गर्दछ । यसरी भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गर्ने व्यक्ति मोनीका अधिकारीलाई कारवाही गर्न सम्बन्धित निकायलाई महासंघ हार्दिक अनुरोध गर्दछ।’ जारी विज्ञप्तिमा भनेको छ।

प्रकाशित मिति: ७ साउन २०७७, बुधबार  १४ : ०८ बजे