दुई सहकारीबीच मर्जर सम्पन्न, शिव शेखर बहुउद्देश्यीय सहकारी संस्थाको नाममा एकीकृत कारोबार

0
Shares

सहकारी संस्थाहरुमा मर्जर अभियानमा सुरु भएको बेला शिव शेखर बहुउद्देश्यीय सहकारी संस्थाले मर्जर समाप्त गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ।

भक्तपुर नगरपालिका १ सल्लाघारीमा मुख्य कार्यालय रहेको शिव शिखर कृषि सहकारी संस्था र मध्यपुर ठिमी ३ कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदीप बहुउद्देश्यीय सहकारी संस्थाबीच मर्जर भई शिव शेखर बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट एकीकृत कारोबार गर्ने भएको हो।

सहकारी विभागले साउन ४ गते दुई सहकारीबीच मर्जरको अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबार थालनी हुने भएको हो।

एकीकृत संस्थाको मुख्य कार्यालय मध्यपुर ठिमी ३ कौशलटारमा रहने र उपत्यकाका ३ जिल्लासहित ३५ जिल्लामा कार्यक्षेत्र पुगेको संस्थाको अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए।

केही दिनअघि मात्रै पशुपति सेभिङ एण्ड क्रेडिटले ७७ जिल्ला र ७५३ स्थानीय तहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहद एकीकरण अभियान संचालन गरेको छ। बृहत एकीकरण संचालन गर्नका अध्यक्ष सिवी लामाको संयोजकत्वमा मर्जर कमिटी समेत निर्माण गरेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।