नेपालमा कोरोना संक्रमितको संख्या साढे १८ हजार, मृत्यु हुनेको संख्या ४५

0
Shares

नेपालमा शनिवार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु पुष्टि भएको छ ।१७ वर्षीय महिलाको गण्डकस्थित कोभिड अस्पताल वीरगंजमा शुक्रवार साँझ मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

हालसम्म आईसोलेशनमा ५ हजार ३८५ जना रहेका छन् । त्यसैगरी हालसम्म १८ हजार ४८३ जनाको पीसीआर परीक्षण गरिएको छ । उनका अनुसार देशभरका क्वारेन्टिनमा १८ हजार १८३ जना छन् भने कोरोना निको भएर १०६ जना घर फर्किएका छन् । त्यसैगरी अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ।

मन्त्रालयका अनुसार कोभिड–१९ पुष्टि भएका संक्रमितमध्ये अहिलेसम्म १३ हजार ५३ जना अर्थात् ७० प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० साउन २०७७, शनिबार  २० : ०५ बजे