जनकपुर लघुवित्तलाई खरिद गरेको स्वरोजगारले शतप्रतिशत हकप्रद बेच्ने

0
Shares

स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्त गाभ्ने प्रस्ताव पारित गरेको छ ।

बनेपामा मुख्य कार्यालय रहेको स्वरोजगार लघुवित्तले जनकपुरमा मुख्य कार्यालय रहेको जनकपुर लघुवित्तलाई ७० रुपैयाँ स्वापमा खरिद गरेको हो।

साथै लघुवित्तले जनकपुरलाई प्राप्ति गरेपश्चात शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पनि विशेष साधारण सभाबाट पारित गराएको छ ।

नेप्सेमा सूचीकृत स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख रुपैयाँ छ भने जनकपुर लघुवित्तको ३ करोड ४७ लाख ५० हजार रुपैयाँ छ। जनकपुरलाई खरिद पश्चात स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३६ करोड ५९ लाख रुपैंया पुगेको छ । जनकपुर लघुवित्तले साधारण शेयर निष्काशन गरेको छैन ।

अब स्वरोजगार लघुवित्तले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्नेछ । हकप्रद पश्चात लघुवित्तको चुक्ता पूँजी ७३ करोड पुग्नेछ । 

लघुवित्तको संस्थापक शेयर मात्र खरिद गर्ने भएकाले स्वरोजगार लघुवित्तको हाल कायम ५१ अनुपात ४९ को संस्थापक तथा साधारण शेयर संरचनामा पनि परिवर्तन हुने भएको छ । जनकपुरलाई विलय गरे पछि स्वरोजगारमा संस्थापक शेयरधनीको हिस्सा ५४ प्रतिशत पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।