‘लक्ष्मी उन्नती’ फण्डमा लगानीको अवसर, ८ करोड इकाइ बिक्रीमा

0
Shares

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको ‘लक्ष्मी उन्नती’ कोषको ८ करोड इकाईको बिक्री खुला भएको छ।

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले ८० करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई बिक्रीमा ल्याएको हो।

यसअघि चैत ९ गतेदेखि नै जारी गर्न लागिएकोमा सरकारले गरेको लकडाउनका कारण निष्काशन स्थगित गरिएको थियो।

निष्काशित इकाईमध्ये १५ प्रतिशत इकाई अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ भने बाँकी ६ करोड ८० लाख इकाईमा सर्वसाधारणबाट आवेदन माग गरिएको छ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु र मेरो शेयर मार्फत अनलाईनबाट घर तथा अफिसबाटै पनि आवेदन गर्न सक्नेछन्।

इकाईमा को साउन ११ गते देखि  छिटोमा साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाई बिक्री नभएको खण्डमा भने साउन २५ गतेसम्म बिक्री खुला रहनेछ। न्यूनतम १०० देखि ८० लाख इकाईका लागि आवेदन दिन सकिन्छ।

इक्रा नेपालले कोष प्रवद्र्धकलाई इक्रा एनपी आईआर बिबिबि प्लस र कोष व्यवस्थापकलाई इक्रा एनपि एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।

इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्ने योजना क्यापिटलको छ।

योजनाले कमाएको सञ्चित मुनाफा पुन तोकिएका क्षेत्रमा लगानी गर्नेछ भने खुद नाफाको आधारमा इकाईको अंकित मूल्यको आधारमा नाफा वितरण हुनेछ।

लक्ष्मी क्यापिटल अन्र्तगत यसअघि दुईवटा फण्ड सञ्चालन गरिरहेको क्यापिटलले दश वर्ष अवधि रहेको तेस्रो बन्दमुखी म्युचुअल फण्डको इकाई बिक्रीमा ल्याएको हो। हाल पाँच वर्षे अवधिको लक्ष्मी भ्यालु फण्ड १ र ७ वर्षे लक्ष्मी इक्वीटी फण्ड सञ्चालनमा रहेका छन्। भ्यालू फण्डको आकार ५० करोड छ भने इक्वीटी फण्ड १ अर्ब २५ करोड रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० साउन २०७७, शनिबार  २१ : ४१ बजे