डिस होममा डिलर दाइको डिस्काउन्ट : हरेक हप्ता २ जनालाई नगद एक लाख

0
Shares

डिस होममा डिलर दाइको डिस्काउन्ट योजना अन्तर्गत लाइफ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।

२०७७ साल साउन २ गते देखि साउन ८ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको कम्पनीले जनाएको छ ।

डिस होमले हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिसहोमको शेकेस च्यानल नं १००, १०१ र रमाईलो टिभीमा लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट गर्ने गरेको छ । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

२०७७ साल साउन ९ गते शुक्रबारदेखि श्रावण १५ गते बिहिबारसम्म डिस होमको आधिकारीक विक्रेताहरु मार्फत फण्ड ट्रान्सफर सेवाबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई साउन १६ गतेको लक्की ड्र मा समावेश गरिने कम्पनीले जनाएको छ ।

साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो साप्ताहिक लक्की ड्र मा सहभागी गराईने पनि कम्पनीले जानकारी दिएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।