बुध्द होलिडेजले ल्यायो पोखरा र चितवनका लागि आकर्षक प्याकेज

0
Shares

बुध्द होलिडेजले पोखरा र चितवनका लागि आकर्षक प्याकेज ल्याएको छ । कम्पनीले बुध्द एयर, पोखरा तथा चितवनका होटलहरुको सहकार्यमा प्याकेज ल्याएको हो । बुध्द होलिडेज बुध्द एयरको भगिनी संस्था हो ।

अहिलेको परिस्थितिमा संक्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुध्द होलिडेजले कोभिडविरुद्धका सुरक्षा निर्देशिका पनि तयार गरेको बताएको छ ।

यसलाई अक्षरसः पालना गर्दै यात्रु तथा पर्यटकलाई संक्रमणरहित घुमफिरका लागि बुध्द होलिडेजले अनुरोध गरेको छ ।

कोभिडविरुद्धका सुरक्षा निर्देशिका हाम्रा सहयोगी कम्पनीहरुले जारी गरि पूर्वअभ्यास पनि गरिसकेको कम्पनीले जनाएको छ। निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटेल, रेष्टुरेण्ट तथा त्यहाँ रहेको कामदारलाई पनि समेटेको होलिडेजका सिईओ आस्था बस्नेत बताउँछिन् । आस्था बस्नेत थप्छिन्- ‘सुरक्षा निर्देशिकाको पालना गर्न गराउन हामी सम्वेदनशील रहेका छौं र यसको नियमित अन्तरालमा हामी स्वयंले अनुगमन गर्ने छौं ।’

दुई रात तीन दिने पोखरा प्योकजको मूल्य जम्माजम्मी ५ हजार ९ सय ९९ रहेको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाई, बिहानको खाजा, पोखरा एयरपोर्टबाट होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ ।

यसैगरि चितवनको पनि दुई रात तीन दिने प्योकजको मूल्य जम्माजम्मी ७ हजार ९ सय ९९ रहेको छ । यसमा पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाई, बिहानको खाजा, चितवन एयरपोर्टबाट सौरहा होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ ।

यसको मुख्य उद्देश्य शुरुमा आन्तरिक पर्यटकलाई चलायमान तथा प्रवद्र्धन गरि हामी र हाम्रा सेवा सुरक्षित छन् देखाई विदेशी पर्यटकलाई समेत भित्र्याउनु रहेको कम्पनीको सिीओ बस्नेतले बताइन् । यो योजना सीमित अवधिभरका लागि लागू गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।