काठमाडौं प्लाजा भवन महानगरपालिकालाई भाडामा दिन बाटो खुल्यो

0
Shares

नेपाल ट्रष्टको स्वामित्वका रहेको कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिन बाटो खुला भएको छ ।

काठमाण्डौं प्लाजा भवन तत्काल खाली गर्न नेपाल ट्रष्टको कार्यालयले दियो दबाव

यसअघि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई भाडामा दिने प्रक्रिया अगाडि नबढाउन ट्रष्टको कार्यालयलाई दिएको अन्तरिम आदेश साउन ११ गतेको आदेशबाट खारेज भएसँगै काठमाडौं प्लाजा भवन महानगरपालिकालाई भाडामा दिन बाटो खुला भएको हो।

न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको हो। महानगरलाई सो भवन भाडामा दिने निर्णयको विरोधमा कन्सेप्ट डेभलपर्सले हालेको रिटमा गत असार २३ गते सर्वोच्ले अन्तरिम आदेश जारी गर्दै तत्काल महानगरपालिकालाई भाडामा दिने प्रक्रिया रोक्न भनेको थियो।

काठमाडौँ प्लाजा भवन महानगरलाई दिने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो

नेपाल ट्रष्टको कार्यालयले काठमाडौं महानगरपालिकालाई ६० लाख ५० हजार रुपैयाँ मासिक भाडा तिर्ने गरी काठमाडौं प्लाजा दिने निर्णय गरेको थियो। कन्सेप्ट डेभलपर्ससँगको करार असार २ मा सकिएको थियो । उक्त लिज अवधि सकिएपछि सरकारले उक्त भवन महानगरपालिकालाई दिने निर्णय गरेको थियो ।

महानगरको आँखा काठमाण्डौं प्लाजामा, साढे ६ दर्जन कार्यालय संकटमा

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।