अनलाइन फर्मा ‘सजिलो मेडस’ संचालनमा, घरघरमा मेडिकल सेवा

0
Shares

सजिलो मेडस प्रालिले साउन १३ गतेबाट काठमाण्डौमा आफ्नो सेवा संचालन गर्ने भएको छ ।

‘अनलाइन फर्मा सबैको घर घरमा’ मूल उद्देश्य लिएर सजिलो मेडस प्रालिले घर घरमा मेडिकल परामर्श, औषधि आपूर्ति र स्वास्थ परीक्षण सेवा प्रदान गर्ने जनाएको छ।

विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले पहिलो चरणमा इमर्जेन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पुर्याउने जनाएको छ ।

त्यस्तै दोस्रो चरणमा काठमाडौंभित्र तोकेको केन्द्रबाट ल्याव सेवा प्रदान गर्ने योजना बनाएको छ । यो सबै कार्य मैतिदेवी स्थित कार्यालयबाट अनलाईन सफ्टवयर मार्फत संचालन, नियन्त्रण र निर्देशन गरिने कम्पनीका अध्यक्ष रविराज भट्टराईले जानकारी दिए ।

वैदेशिक रोजगारी र अध्ययनको लागि प्रायः प्रत्येक घरबाट विदेशिएको कारण घरमा रहने वृद्ध वृद्धालाई स्वास्थ्य सेवा लिनमा आइरहेको कठीनाइलाई हेरेर सेवा पुर्याउने लक्ष्यले पनि सजिलो मेडसको अवधारणा ल्याइएको संचालक तथा को-फाउन्डर रमेश कुमार भट्टराईको भनाई छ ।

विदेशमा लामो समय काम गरेका दक्ष व्यक्ति, काठमाडौंका प्रतिष्ठित डाक्टर , औषधि व्यवसायी र प्रोफेसनल मिलेर कम्पनी स्थापना र संचालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधी घरघरमा पुर्याउन सकिने प्रतिवद्धता कम्पनीको छ ।