भैरहवा विमानस्थलका कार्यालय सहयोगी चार लाख घूससहित नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेन म्यान) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई चार लाख घूस रकमसहित नियन्त्रणमा लिएको छ ।

उनीहरुले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले पक्राउ गरेको हो।

आयोगले उनीहरुलाई घूस रकमसहित सेञ्न्चुरी बैंकको भैरहवा शाखा परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ साउन २०७७, मंगलबार  १६ : ३२ बजे