गण्डकी तर्फको शेयर मेगा बैंकको नाममा सूचीकृत

0
Shares

मेगा बैंक (MEGA) ले प्राप्ती गरेको गण्डकी विकास बैंक तर्फको शेयर मेगा बैंकको नाममा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार उक्त शेयर सूचीकरण भएको हो।

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गरेको शेयर स्वाप रेसियो अनुसार २ करोड ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो । दुई बैंकबीच एक बराबर एक अनुपातमा प्राप्ती प्रकृयामा गएका थिए।

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरेर असार २१ गतेदेखि एकीकृत कारोबार गरेको थियो ।

२०७६ चैत्र मसान्तको एकीकृत तथ्याङ्कका आधारमा मेगा बैंकको एकीकृत कारोबार पश्चात चुक्ता पूँजी १३ अर्ब १३ करोड, निक्षेप १ खर्ब २५ अर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी पुगेको छ। निक्षेप १ खर्ब २५ अर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी रहेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।