घूस लिने तीन इन्जिनियर, एक कर्मचारी र घूस दिने दुईविरुद्ध मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिने दुई इन्जिनियर, एक कर्मचारी र लागूऔषध मुद्दाका आरोपीलाई छुटाउने प्रयोजनाथ प्रहरीलाई घूस दिने २ व्यक्तिविरुद्ध भष्टाचारको आरोपमा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।

आयोगले लेख तथ खोटाङमा ऊर्जा तथा जलस्रोतसँग सम्बन्धित परियोजनामा कार्यरत तीन इन्जिनियरले निर्माण क्रममा घूस लिएको भन्दै विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ ।

दैलेख भगवती गाउँपालिका–३ सान्टडा खोला तटबन्द निर्माण सम्पन्न गरी भुक्तानीमा सहजीकरण गरिदिने भन्दै खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका सबइन्जिनियरद्वय वीरेन्द्र चन्द र रञ्जितकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको छ।

उनीहरुले सेवाग्राहीबाट ९ लाख ३४ हजार रुपैयाँ घूस लिएको भेटिएकोले नियन्त्रण लिएर अनुसन्धान भइरहेको अख्तियारले उल्लेख गरेको छ ।

यस्तै आयोगले जिल्ला दाङ घोराही उप-महानगरपालिका-१८ बस्ने गोविन्द शाह र लमही नगरपालिका वडा नं. ५ बस्ने समीर भण्डारी उपर घूस दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

उनीहरुले लागूऔषध मुद्दाका आरोपीलाई छुटाउने प्रयोजनार्थ वडा प्रहरी कार्यालय घोराही दाङका प्रहरी निरीक्षकलाई एक लाख ५० हजार घूस दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएका आयोगले जनाएको छ ।

आयोगले भूमीसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीका ना.सु.कृष्ण बल्लभ ठाकुरउपर पनि भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।

ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको श्रेष्ता कायम गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार घूस रकम बुझी लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको थियो । ठाकुरलाई बिगो १३ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बुधबार नै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको आयोगले जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।