अमेरिकी अर्थतन्त्र १९४७ पछि अहिलेसम्मकै खराब, ३२.९ प्रतिशतको गिरावट

0
Shares

कोरोनाभाइरस महामारीबीच अप्रिलदेखि जुनसम्मको अवधि (दोस्रो त्रैमासिक) मा अमेरिकी अर्थतन्त्रमा गिरावट आई ३२.९ प्रतिशत संकुचित भएको सरकारले बिहीबार जनाएको छ ।

यो गिरावटलाई सरकारी अधिकारीले अपेक्षा गरिएभन्दा सामान्यत कम खराब भएपनि अमेरिकी आर्थिक रेकर्डमा सन् १९४७ पछि अहिलेसम्मकै सबैभन्दा खराब अवस्था हो ।

सरकारले भनेको छ, “वाणिज्य विभागको तथ्याङ्क वार्षिक दर हो त्यसैले अन्य विकशित अर्थतन्त्रसँग रिपोर्ट गरिएको त्रैमासिक संकुचनसँग तुलना गर्न सकिदैन ।”

दोस्रो त्रैमासिकमा पहिलो अनुमानका अनुसार उपभोक्ता खर्च, जुन सबैभन्दा अर्थतन्त्रको ठूलो कारक मानिन्छ ,मा व्यापक गिरावट आएको कारण कूल ग्राहस्थ उत्पादनमा पनि कमी आएको छ ।

दोस्रो त्रैमासिकको पहिलो प्रक्षेपणले अमेरिकी उपभोक्ता खर्चमा ३४.६ प्रतिशतको व्यापक गिरावट आउने जनाएको छ ।

अमेरिकामा गत हप्ता १४ लाखले मागे बेरोजगार भत्ता

अमेरिकामा पछिल्लो हप्ता बेरोजगार भत्ता माग्नेहरुको संख्या १४ लाख पुगेको छ ।

कोरोनाभाइरसका कारण रोजगारी गुमाएकाहरुले अमेरिकामा सरकारसँग बेरोजगार भत्ता माग्ने गरेका छन् । बेरोजगार भत्ता माग्नेहरुको सङ्ख्या हरेक हप्ता लाखौँ हुने गरेको अधिकारीहरुले जनाएका छन् ।

रोजगारी खोसिएकाले बेरोजगार भत्ता दावी गर्नेहरुको सङ्ख्या थपिदै गएको तथ्याङ्कमा देखिएको छ । कोरोनाभाइरसको सङ्क्रमण कतिपय ठाउँमा थप फैलिन थालेपछि केही राज्यहरुले व्यापार व्यवसाय पुनः शुरु गर्ने योजनालाई स्थगित गरेका छन् ।

वेरोजगारीको सङ्ख्या अमेरिकी इतिहासमा आर्थिक मन्दीका समयमा पनि प्रतिहप्ता सात लाखभन्दा बढी नपुगेको तर कोभिड–१९ को कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको र यसको व्यापक विश्वव्यापी असर परेका कारण हालैका केही महिनाहरूमा उच्च रहने गरेको अधिकारीले बताएका छन् ।

लाखौँ उपभोक्ता पहिला झै फेरि यात्रा, किनमेल र कामका लागि पुरानै अवस्थामा फर्किन डराइरहेको पाइएको छ । त्यसैले पनि रोजगारी गुमेकाहरुले बेरोजगार भत्ता माग्नु परेको अधिकारीहरुको भनाइ छ ।

अमेरिकाको श्रम मन्त्रालयले एकै हप्तामा लाखौँ मानिसले बेरोजगारी भत्ता माग्नुले अर्थतन्त्रमा नकारात्मक असर पर्ने सङ्केत गरेको जनाएको छ ।

अमेरिकामा अहिलेसम्म बेरोजगार भत्ता माग्नेहरुको सङ्ख्या एक करोड ७० लाखभन्दा बढी पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ साउन २०७७, शुक्रबार  ०७ : १५ बजे