सगरमाथा इन्स्योरेन्स मर्जरमा जान इच्छुक, लाभांश बिनाको साधारण सभा आह्वान

0
Shares

सगरमाथा इन्स्योरेन्सले मर्जर र एक्विजिसन प्रक्रियामा सामेल हुने प्रस्ताव राखेर वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले भदौ १३ गते २३ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेकोे हो ।

साधारण सभामा निर्जीवन कम्पनीहरुसंग मर्जर र एक्विजिसन प्रक्रिया अघि बढाउने विशेष प्रस्ताव लैजाने भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ को नाफा–नोक्सानको हिसाबसहितको वित्तीय विवरण पारित गर्नेछ ।

कम्पनीले यसअघि नै आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । कम्पनीले मुनाफा गरेको भएपनि एनएफआरएसमा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।