सेञ्चुरी, इन्फ्रास्टक्चर र एसबिआई बैंकको नयाँ ब्याजदर सार्वजनिक

0
Shares

शुक्रबार सेञ्चुरी कमर्सियल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर र नेपाल एसबिआई बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

सेञ्चुरी कमर्सियल बैंकले कर्जाको, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मुद्दती निक्षेप र कर्जा तथा नेपाल एसबिआई बैंकले कल खाताको ब्याजदर परिमार्जन गरि साउन १६ गतेदेखि लागू हुनेगरी प्रकाशनमा ल्याएको हुन्।

सेञ्चुरी बैंक (CCBL)

नयाँ ब्याजदर अनुसार सेञ्चुरी बैंक (CCBL) ले ओभर ड्राफ्ट, ट्रस्ट रिसिप्ट लोन/डिमाण्ड लोन, एक्सपर्ट फाइनान्स, वर्किङ्ग क्यापिटल, टर्म लोन, दश वर्षसम्मको घरकर्जा, पाँच वर्षसम्मको व्यक्तिगत गाडी कर्जाको ब्याजदर आधार ब्याजदरमा ३ प्रतिशत प्रिमिययमा उपलब्ध गराउने भएको छ।

सेञ्चुरीले व्यक्तिगत धितोबन्धक कर्जा, अन्य कर्जा, सात वर्षसम्मको व्यवसायीक गाडी कर्जा, कृषि कर्जा, राष्ट्रसेवक कर्जामा आधार ब्याजदरमा थप ५ प्रतिशतसम्म प्रिमियम तोकेको छ। यस्तै विपन्नवर्ग कर्जामा ४.५० प्रतिशतसम्म प्रिमियम दरमा उपलब्ध गराउने जनाएको छ।

सुनचाँदी धितो कर्जा, बिस वर्षको घर कर्जा र सात वर्ष अवधिको व्यक्तिगत र पाँच वर्षसम्मको व्यवसायीक गाडीकर्जामा समान ४ प्रतिशत प्रिमियम लाग्ने उल्लेख छ।

सेञ्चुरी बैंकबाट एसएमई कर्जा अन्तर्गत ओभर ड्राफ्ट, ट्रष्ट रिसिप्ट।एसटिएल, टर्म लोन, १५ वर्षसम्मको घर कर्जा, एजुकेशन लोनमा आधार ब्याजदरमा अधिकतम ३.५० प्रतिशतसम्म प्रिमियम तिर्नुपर्ने भएको छ।

फ्लेक्सी लोन, वाचलिस्टमा परेका ग्राहक, र फोर्स लोनमा ६ प्रतिशत प्रिमियम निर्धारण गरेको बैंकले व्यक्तिगत मुद्दती निक्षेप धितोमा आधार ब्याजदरमा १ प्रतिशत वा कुपन रेटमा २ प्रतिशतमा जुन बढी हुन्छ त्यहि, सरकारी धितोपत्र। उपकरणको धितोमा आधार ब्याजदरमा ३ प्रतिशत वा कुपन रेटमा २ प्रतिशत जुन बढी हुन्छ सोही दर लागू हुने जनाएको छ।

असार मसान्तको ब्याजदर अनुसार सेञ्चुरी बैंकको आधार ब्याजदर ९.३८ प्रतिशत र स्प्रेडदर ३.३८ प्रतिशत रहेको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA)

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले ५ देखि १० वर्ष अवधिको शुभप्रवद्र्धन खातामा संस्थागत बचतमा ६.५० प्रतिशत र १० वर्षभन्दा बढी अवधिको खातामा ६.६० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ। यस्तै व्यक्तिगत खातामा भने ७.२५ प्रतिशत ब्याज दिने जनाएको छ। संस्थागत खातामा न्यूनतम मौज्दात ५० हजार र व्यक्तिगत खातामा १० हजार तोकिएको छ।

बैंकले कर्जा लगानीतर्फ प्रोजेक्ट लोनमा ग्रीनफिल्डमा ९.५० देखि ११ प्रतिशत र ब्राउन्डफिल्ड शीर्षको कर्जा ९ देखि १०.५० प्रतिशत तोकेको छ। ब्रोजग्याप लोनको ब्याजदर १० देखि ११.५० प्रतिशत, मुद्दती निक्षेपको धितोको प्रवाह हुने कर्जामा कुपन रेटमा ३ प्रतिशतसम्म, र वैदेशिक मुद्रामा प्रवाह हुने लोनमा लिबोरे रेटसँग टाइअप गरी डिल बेसिसमा ब्याजदर निर्धारण हुने जनाइएको छ।

नेपाल एसबिआई बैंक (SBI)

यसैगरी नेपाल एसबिआई बैंक (SBI) ले दश करोडसम्मको न्यूनतम मौज्दात भएको कल खातामा २ प्रतिशत, १० करोडदेखि १५ करोडसम्म हुने खातामा १.५० प्रतिशत र १५ करोड वा सोभन्दा बढी मौज्दात भएका कल खातामा ०.५० देखि १.५० प्रतिशत मात्र ब्याजद दिने जनाएको छ।  असार मसान्तसम्म बैंकको आधार ब्याजदर ९.२५ प्रतिशत रहेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।