चीनमा कृषिजन्य उत्पादनको थोक मूल्यमा गिरावट

0
Shares

चीनमा कृषिजन्य उत्पादनको थोक मूल्यमा अत्यधिक गिरावट भएको छ ।

कृषि तथा ग्रामिण मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा ०.०५ अङ्कले तल झरेको छ ।

शुक्रबार दिउँसो २ बजेसम्मको औसत थोक मूल्यअनुसार सुगुरको प्रतिकेजी मासुमा ०.३ प्रतिशतले गिरावट आएको हो । त्यसैगरी प्रतिकेजी अण्डामा २.७ प्रतिशतसम्म मूल्य घटेको छ ।

अधिकारीहरुले मुख्य-मुख्य २८ प्रकारका तरकारीको प्रतिकेजीको मूल्यमा औसतमा ०.७ प्रतिशत सस्तो भएको सरकारी सर्वेक्षणले देखाएको जनाएका छन् ।

त्यसैगरी छ प्रकारका विभिन्न फलफुलहरुमा प्रतिकेजी १.७ प्रतिशतसम्म मूल्यमा गिरावट आएको अधिकारीहरुले जनाएका छन् ।

मूल्यको अवस्था मूल्याङ्कन गर्दा झण्डै दुई सय थोकमुल्य बजारबाट विवरण सङ्कलन गरिएको थियो । विवरण सङ्कलकहरुले यस्तो विवरण दैनिक रुपमा सङ्कलन गर्ने गरेको र त्यसमा फलफुल, तरकारी, मासु, अण्डालगायतका खाद्य पदार्थको विवरण समावेश हुने गरेको अधिकारीहरुले जनाएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ साउन २०७७, शुक्रबार  २० : २४ बजे