साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिकमा अधिकांश सूचकमा सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । तर गत असारमा आईपीओ बिक्री गरेको कम्पनीको चुक्तापूँजी बढेपछि प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ ।
लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ करोड २ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा लघुवत्तले एक करोड ६० लाख खुद नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन मुनाफा, खुद ब्याज आम्दानीमा आएको बढोत्तरी भएपछि खुद नाफा बढेको हो। लघुवित्तको कोषको लागतमा समेत कमी आएको छ । गत असारमा ७ लाख ७ हजार ८०० कित्ता आईपीओ बिक्री गरेर २१ करोड ७७ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी पु¥याएको लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८२ पैसाबाट १८ रुपैयाँ ५० पैसामा झरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १३ पैसा छ । जसको जगेडा कोषमा ६ करोड १२ लाख ६८ हजार रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको जगेडा कोषमा २ करोड २३ लाख रुपैयाँ रहेको थियो।
असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २२ करोड ७८ लाख रुपैयाँ सापटी र ४५ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको सापटी ४५ प्रतिशत तथा निक्षेप ६२ प्रतिशतले बढेको छ।
Particulars |
Sadhana Laghubitta (in 000) | ||
Q4 2076/77 | Q4 2075/76 | Difference | |
Paid Up Capital | 217,780.00 | 73,500.00 | 196.30% |
Reserve & Surplus | 61,268.66 | 22,308.52 | 174.64% |
Deposits | 455,351.17 | 280,022.34 | 62.61% |
Loans & Advances | 1,710,654.53 | 1,181,589.09 | 44.78% |
Net Interest Income | 137,344.23 | 46,293.79 | 196.68% |
Operating Profit | 35,797.99 | 25,269.78 | 41.66% |
Net Profit | 40,287.98 | 16,040.85 | 151.16% |
NPL (%) | 0.68 | 0.16 | |
Cost of Fund (%) | 10.42 | 11.28 | -7.62% |
EPS (In Rs.) | 18.5 | 21.82 | -15.23% |
Net Worth per Share (In Rs.) | 128.13 | 130.35 | -1.70% |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया