नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ब्याजबाटै कमायो ८४ करोड वितरण योग्य नाफा

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८४ करोड ७१ लाख १९ हजार खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६.४१ प्रतिशत धेरै हो।

अघिल्लो वर्षको यसै अवधिसम्म बैंकको नाफा ६७ करोड १ लाख ५९ हजार थियो । बैंकको वितरण योग्य नाफा पनि ८४ करोड ७१ लाख रुपैयाँ नै छ । यो नाफा पनि २६.४१ प्रतिशते बढेको हो।

सर्वसाधारणका लागि ८ अर्ब बराबरको आईपीओ ल्याउन लागेको कम्पनीको हाल १२ अर्ब चुक्तापूँजी रहेको छ ।

कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष १०७ प्रतिशत बढी १ अर्ब ६३ करोड ४७ लाख कायम छ । निक्षेप संकलन यस वर्ष २५ करोड भएको छ भने कर्जा प्रवाह ५७ करोड ४३ लाख छ ।

कम्पनीले विभिन्न शेयर लगायत विभिन्न क्षेत्रमा १२ करोड ५८ लाखभन्दा बढी लगानी गरेको बताएको छ । जसले ८ अर्ब ७८ करोड रुपैयाँ विभिन्न बैंकहरुमा राखेको छ ।

एक अर्ब २३ करोड बढी खुद व्याज आम्दानी गरेको बैंकको सञ्चालन मुनाफा भने एक अर्ब १० करोडभन्दा बढी छ । बैंकको खराब कर्जा शुन्य, प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६ पैसा तथा नेटवर्थ ११३ रुपैयाँ ६२ पैसा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।