प्रि ओपनिङ्ग कारोबार: तीन कम्पनीको शेयरमूल्य बढ्यो, दुईको घट्यो

0
Shares

सोमबार नेप्सेको प्रि ओपनिङ्ग सेसनमा कारोबारमा आएका ५ कम्पनीमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको घटेको छ।

कारोबारमा आएका शिवम् सिमेन्ट र प्रभु बैंकको शेयरमूल्य घट्दा आँखुखोला हाइड्रोपावर, हिमाल दोलखा र दिब्यश्वरी हाइड्रोपावर गरी ३ कम्पनीको शेयरमूल्यमा सुधार देखिएको हो।
सोमबार नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ५ कम्पनीका १३ हजार ८५० कित्ता शेयर १४ लाख ७४ हजार ३०० रुपैयाँमा खरीद बिक्री भएका छन्।

यस अवधिमा नेप्से १.२० अंकले घटेर १३९५.०८ बिन्दुमा बन्द भएको छ।

नेप्सेमा हरेक दिने १०:३० देखि १५ मिनेटसम्म अर्थात १०:४५ बजेसम्म प्रि ओपनिङ्ग सेसन चल्ने गर्दछ। यो समयमा हाल अधिकतम ५ प्रतिशतसम्म तल/माथिसम्म मूल्य राखेर कारोबार गर्न सकिन्छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।