सजिलो मिल्सले मंगलबारदेखि घर घरमा तयारी खाना पुर्याउने

0
Shares

सजिलो मिल्स प्रालिले भोली (मंगलबार) देखि आफ्नो कारोबार शुरु गर्ने भएको छ ।

कम्पनीले व्यक्तिले चाहे अनुसारको तयारी खाना घर घरमा र्पुयाउने जनाएको छ । जसका लागि उपत्यका भित्र पाँच/पाँच जना महिलाको समूह बनाई २५ स्थानमा खाना बनाउने केन्द्र पब्लिक प्राइभेट पार्टनरसिपमा तयार गरिएको कम्पनीको भानई छ।

कम्पनीले पहिलो चरणमा काठमाडौं भित्र सञ्चालनमा रहेका रेष्टुरेन्टहरुमा तयारी खानाहरु ग्राहकका स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा डेलिभरी गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै, कम्पनीले दोश्रो चरणमा घरमा तयार हुने सस्तो, गुणस्तरिय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कपोरेट हाउसमा डेलिभरी गरिने कार्यक्रम बनाएको छ । यसका लागि कम्पनीले हालसम्म ३५ वटा रेष्टुरेन्टसँग सम्झौता गरिसकेको छ ।

लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौ भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेको हो।

ष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा.सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंकररबीमा व्यवसायी रमेश कुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यका वासीको मन जितेर रोजगारी श्रृजनाको साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने विश्वास लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।