एनआरएन इन्फ्रास्ट्रक्चरको १० कित्ता आईपीओ पाउन पनि भाग्यकै भर

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १० कित्ता आईपीओ पाउन पनि भाग्यकै भर पर्नुपर्ने देखिएको छ । मंगलबार साँझसम्म परेको आवेदन अनुसार कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको हो।

मंगलबार साँझ ५ बजे सम्ममा आवेदन गर्ने लगानीकर्ताको संख्या ३ लाख ३४ हजार २९२ नाघेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार साँझसम्म कुल एक अर्ब ४० करोड ५३ लाख ७६ हजार ६ सय कित्ता शेयर माग गरेका छन्।

कम्पनीले सर्वसाधारणका लागि ३१ करोड ६० लाख १८ हजार ३ सय रुपैयाँ बराबरको ३१ लाख ६० हजार १८३ कित्ता शेयर निष्काशन गरेकामा एक करोड ४० लाख ५३ हजार ७६० कित्ता शेयर माग आएको छ । यो निष्कासनको ४.४४ गुणा बढी हो ।

कम्पनीले कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।