महिला सहयात्राको साधारण सभा आह्वान, १७.५% लाभांश अनुमोदन गर्ने

0
Shares

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले आगामी भदौ १३ गते शनिबार सातौ वार्षिक साधारण सभा बोलाएको छ ।

लघुवित्तले उक्त साधारण सभाबाट अघिल्लो आवको मुनाफाबाट १७.५ प्रतिशत (१० प्रतिशत बोनश र ७.५ प्रतिशत नगद) लाभांश अनुमोदन गर्नेछ ।

लघुवित्तले गत चैत २२ गते शनिबार राखेको साधारणसभा स्थगित भएकाले पुनः साधारण सभा आह्वान गरेको हो। साधारणसभा प्रयोजनका लागि लघुवित्तले चैत ४ गते बुक क्लोज गरेको थियो । यस अनुसार चैत ३ गते सोमबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।

यस्तै २० करोडको अधिकृत पूँजी वृद्धि गरी ४० करोड कायम गर्ने, रेमिट्यान्स कारोबार गर्नका लागि लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन  गर्ने प्रस्ताव पनि गरेको छ ।

हाल १२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण पश्चात चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ। नगद लाभांश वापत लघुवित्तले करसहित ९० लाख ७५ हजार रुपैयाँ वितरण गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।