साधना लघुवित्त वित्तीय संस्थाको शेयर बिहीबारबाट नेप्सेमा किनबेच गर्न पाइने भएको छ । लघुवित्तले बुधबार २१ लाख ७७ हजार ८०० कित्ता शेयर सूचीकरण गराएको हो ।
कम्पनीलाई नेप्सेले कारोबार संकेत ‘एसडिएलबिएसएल’ संकेत दिएको छ । पहिलो कारोबारको लागि लघुवित्तको शेयरलाई प्रतिकित्ता १३० रुपैयाँ १३ पैसा देखि ३९० रुपैयाँ ३६ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ। कम्पनीले यसअघि नै लगानीकर्ताको डिम्याट खातामा शेयर पठाइसकेको छ ।
कम्पनीले असार २१ गतेदेखि २४ गतेसम्म ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरेको थियो । उक्त आईपीओ ६६ हजार १५२ जनाले १० कित्ता पाएका थिए ।
आईपीओ निष्कासन बाँडफाडपछि कम्पनीको चुक्तापूँजी २१ करोड ७७ लाख पुगेको छ । संस्थापक शेयरको हिस्सा ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणको ३२ दशमलव ५० प्रतिशत पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया