अरुण भ्याली हाइड्रोलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

0
Shares

अरुण भ्याली हाइड्रोपावर कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीलाई विद्युत नियमन आयोग साउन १६ गते हकप्रद निष्काशनको अनुमति दिएको हो।

कम्पनीले हकप्रद बिक्रीबाट संकलन भएको रकम काबेली ‘बी’ क्यासेड जलविद्युत परियोजनाका निर्माणमा खर्च गर्ने जनाएको छ । कम्पनी ऐन अनुसार आधारभूत तथा शेयरधनीहरुले आफ्नो नाममा रहेको हकप्रद शेयर वापतको रकमा भुक्तानी गरे पश्चात मात्र साधारण शेयरधनीहरुलाई हकप्रद बिक्री गर्न सक्नेछ।

साथै आयोगले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर प्रदान गर्ने व्यवस्था मिलाउन, आयोगको ऐन विनियम र निर्देशिका बमोजिम कार्यान्वयन र समय–समयमा आदेश वा परिपत्र जारी गर्दा सोको नियम पालना गर्न पनि निर्देशन दिएको छ ।

कम्पनीले शेयर संरचना परिवर्तन गर्नु परेमा धितोपत्र ऐन, नियमावली वा निर्देशिका पालना गरी कम्पनीको रजिष्टरमा अभिलेख राखी विद्युत नियमन आयोगमा जानकारी गराउनुपर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।