पाँच लघुवित्तले सार्वजनिक गरे चौथो त्रैमासिक वित्तीय विवरण

0
Shares

बिहीबारसम्म पाँच लघुवित्तले गत आर्थिक वर्ष २०७६।७७ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्।

हालसम्म फस्र्ट माइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त, स्पर्स लघुवित्त, साधना लघुवित्त र धौलागिरी लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्।

वित्तीय विवरणका आधारमा आरएमडिसी लघुवित्तको सबैभन्दा धेरै ८९ करोड ९३ लाख रहेको छ भने धौलागिरी लघुवित्तको सबैभन्दा कम ७ करोड मात्र रहेको छ। यस्तै जगेडा कोषमा पनि आरएमडिसी लघुवित्तको सबैभन्दा धेरै १ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ रहेको छ भने स्पर्सको सबैभन्दा कम ३ करोड ६७ लाख ७६ हजार रुपैयाँ रहेको छ।

S.N. Microfinance Symbol NetInterest Income ‘000 Net Profit ‘000 EPS (RS) ROE % NPL %  Book Value (RS)
1 Dhaulagiri Laghubitta DLBS 79655.00 8819.00 12.60 7.23 2.22 186.84
2 Sparsha Laghubitta SPARS 75268.50 28817.41 30.73 28.33 1.76 128.13
3 Sadhana Laghubitta SDLBSL 137344.23 40287.96 18.49 16.87 0.68 128.13
4 First Microfinance Laghubitta FMDBL 224181.00 139725.00 17.44 15.37 0.00 130.96
5 RMDC Laghubitta RMDC 460274.70 285149.87 31.70 12.32 0.00 289.03

 

दुई थोक कर्जा प्रवाह गर्ने लघुवित्तको निक्षेप आधारमा शुन्य देखिएको छ भने धौलागिरी लघुवित्तको ४६ करोड ६ लाख ५६ हजार रहेको छ।

कर्जा लगानीको आधारमा आरएमडिसी लघुवित्तको ८ अर्ब ६ करोड लगानी गरेको छ भने धौलागिरी लघुवित्तको ७९ करोड १६ लाख सबैभन्दा कम रहेको छ । खुद ब्याज आम्दानीका आधारमा स्पर्स लघुवित्तको सबैभन्दा कम ७ करोड ५२ लाख रहेको छ भने आरएमडिसी लघुवित्तको ४६ करोड २ लाख आम्दानी गरेको छ।

S.N. Microfinance Symbol Paidup ‘000 Researve ‘000 Deposit ‘000 Loans ‘000
1 Dhaulagiri Laghubitta DLBS 70000.00 60787.00 460656.00 791621.00
2 Sparsha Laghubitta SPARS 93748.19 36776.00 214389.70 1020339.99
3 Sadhana Laghubitta SDLBSL 217780.00 61268.66 455351.17 1710654.53
4 First Microfinance FMDBL 800741.00 247915.00 0.00 5542746.00
5 RMDC Laghubitta RMDC 899323.43 1699961.71 0.00 8068340.06

 

यसैगरी खुद नाफाका आधारमा पनि आरएमडिसी लघुवित्तको सबैभन्दा धेरै छ। सो लघुवित्तले २८ करोड ५१ लाख ४९ हजार नाफा आर्जन गरेको छ भने धौलागिरी लघुवित्तले सबैभन्दा कम ८८ लाख १९ हजार नाफा कमाएको छ। वार्षिक प्रतिशेयर आम्दानीमा पनि आरएमडिसी लघुवित्तको ३१.७० रुपैयाँ र धवलागिरी लघुवित्तको १२.६० रुपैयाँ रहेको छ।

लगानीमा प्रतिफलका आधारमा स्पर्स लघुवित्तको सबैभन्दा धेरै २८.३३ प्रतिशत छ भने धवलागिरी लघुवित्तको ७.२३ प्रतिशत रहेको छ। खराब कर्जाको आधारमा धवलागिरीको २.२२ प्रतिशत छ भने आरएमडिसी र फस्ट माइक्रोफाइनान्सको शुन्य प्रतिशत मात्र खराब कर्जा रहेको छ।

वार्षिक प्रतिशेयर नेटवर्थका आधारमा साधना लघुवित्तको १२८.१३ रुपैयाँ छ भने आरएमडिसी लघुवित्तको सबैभन्दा धेरै २८९.०३ रुपैयाँ रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।